रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत शुक्रवार यहाँ आयोजित साङ्गीतिक कार्यक्रमा सहभागी भए । ‘सुकुन संगीत’नामक कार्यक्रममा भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले प्रश्तुती दिए ।
सभापति मात्र नियुक्त नेपाली कांग्रेसका भ्रातृ संगठन विघटन गरी पूर्ण कार्यसमिति ल्याउन युवा नेताहरुले माग गरेका छन् । १५ माघमा बोलाएको केन्द्रीय समितिभन्दा पहिले नै नेविसंघलाई पूर्णता दिने गरी पार्टीले तयारी गरिरहेका बेला केही युवाले एक्ला सभापतिहरुलाई हटाएर पूर्ण कार्यसमिति ल्याउन माग गरेका हुन् ।
सत्ता गठबन्धनले उपसभामुखको उम्मेदवार टुंगो लगाएलगत्तै नेपाली कांग्रेसले पनि उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । साथै यादबले उम्मेदवारी दर्ता पनि गराइसकेकी छन् । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारीसहित प्रभावशाली नेताहरुको बैठक सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो ।"
सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभाको सभामुखका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा घिमिरेले १६७ मत ल्याएर निर्वाचित भएका हुन् ।
सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई जिम्मेवारी दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन्। ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड प्रदान गर्न लागिएको घोषणा गरेको हो।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । चीनको २२औं राजदूतका रुपमा नेपाल आएका सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट भएको हो।