बजेट राजनीतिक मुद्दामा होइन उत्पादनमुलक क्षेत्रमा हुनुपर्छ
- रुपान्तरण
कोरोना भाइरसको महामारीले विश्वको अर्थतन्त्र नराम्ररी प्रभावित भइरहेका बेला नेपालमा अर्थतन्त्र उकास्ने विषयमा बहस चलिरहेको छ । कोभिडबाट विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, रेष्टुरेन्टलगायतका क्षेत्र सबैभन्दा धेरै प्रभावित छ । सरकारले ल्याएको प्रतिस्थापन बजेट र नीति तथा कार्यक्रममा निजी व्यवसाय र पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि कार्यक्रमहरु ल्याए पनि कार्यान्वयन सुस्त हुँदा व्यवसायीहरुमा निराशा छन् ।