कोरोना भाइरस विस्तार कम हुँदै गएपछि नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि(पर्यटन दूत) नरबहादुर टण्डन(एनबी टन्डन)ले अमेरिका र क्यानाडाका शहरहरुमा नेपालको पर्यटन प्रवद्र्धनलाई तिब्रता दिएका छन् ।
सरकार र गैर आवासीय नेपाली संघको नेतृत्वबीचको टकराव उत्कर्षमा पुगेको छ । संघमा देखिएको विवाद समाधान गरी नयाँ नेतृत्व चयन गर्न परराष्ट्र मन्त्रालयले पटक पटक दिएको निर्देशन कार्यान्वयन नगरी सरकारविरुद्ध नै अदालतमा जाने अध्यक्ष कुमार पन्तको व्यवहार संसारभर रहेका नेपालीहरुको भावना विपरीत भएको अभियन्ताहरुकै ठहर छ ।"
डेढ दशकअघि विश्वभरका प्रवासी नेपालीहरुलाई एकसुत्र बाँध्ने अभिप्रायका साथ स्थापना गरिएको गैर आवसीय नेपाली संघ(एनआरएनए)भित्र भाँडभैलो भएको छ । संस्थामा राजनीतिक र व्यक्तिगत इगोले विभाजित हुने अवस्थामा पुगेको छ ।
गैर आवासीय नेपाली संघ(एनआरएनए)को संरक्षक परिषदलाई संघको दशौं महाधिवेशन गर्न जिम्मा दिने परराष्ट्र मन्त्रालयको निर्णयलाई संघका केही सल्लाहकारहरु र पदाधिकारीलेले स्वागत गरेका छन्।
सरकारले विधानविपरितका काम सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि अगाडि बढाउन गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै चार बुँदे निर्देशन दिएको छ । मन्त्रालयमा उजुरी परेको झण्डै एक महिनापछि मन्त्रालयले बुँदागत रुपमा संघलाई निर्देशन दिएको हो ।
नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाए ।
सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिसिल्डलगायत खोप नेपालमा प्रयोग भइरहेको छ ।