समाज - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

समाज

अमेरिका तथा नेपालका सूचना प्रविधि विज्ञ तथा व्यवसायीहरुबीच बोस्टनमा अन्तरक्रिया

- रुपान्तरण   

अमेजन वेब सर्भिसेस ९एडब्लुएस० तथा बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनले अमेरिका तथा नेपालका सूचना प्रविधि विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा बोस्टनमा एक अन्तरक्रिया आयोजना गरेको छ। ‘नेपालको प्रविधि क्षेत्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ’ भन्ने विषयमा गत मंगलबार आयोजित छलफलमा नेपालको प्रविधि क्षेत्रको उत्थान साथै प्रविधि क्षेत्रमा नेपाली महिला तथा किशोरीहरुलाई सशक्तिकरण गर्न गरिरहेका कामहरुको बारेमा पनि जानकारी गराइएको थियो। गत १३ जुलाईमा न्यूयोर्कमा आयोजित कार्यक्रमको दोश्रो शृंखलाको रुपमा बोस्टनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।