निर्दलीय बालेनप्रति वडाध्यक्षहरु ‘आगो’
- रुपान्तरण
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विरोध नभएको दिन विरलै पाइन्छ । केही दिनअघिसम्म न्यूरोडबासीहरु विरोधमा थिए भने रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायी आन्दोलित छन् । स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित बालेन साँच्चै स्वतन्त्र भएर काम गरिरहेका छन् । स्वतन्त्रताका नाममा संविधान र कानुन नै उल्लघंन गरेकोप्रति औंला उठाइएको छ । बालेनका कतिपय निर्णयहरु सर्वोच्च अदालतले नै खारेज गरिदिएको दृष्टान्तहरु प्रशस्त छन् ।