रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
आउँदो अक्टोबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्राङ्गल’मानिने काठमाडौँ पोखरा र चितवनमा ‘प्रिमियम प्रपर्टी’ सन्चालनमा ल्याउन सफल बाराही हस्पिटलिटीले पोखराको नर्थ लेकसाइडमा निर्माण सुरू गरेको पाँच तारे होटल ‘बाराही सेदी’को ४६ प्रतिशत निर्माण सम्पन्न भएकोछ ।
मनसुनका कारण करिब ३ महिना स्थगित भएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ देखि पुनः सुचारु हुने भएको छ ।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले अधिकारका लागि संघर्ष गरेको तीन दशक पुगेको छ । यसबीचमा पहिचान र कानूनी रुपमा आंशिक सफलता मिलेपनि शैक्षिक क्षेत्रमा प्रशस्त सुधारहरु गर्नुपर्ने देखिएको छ । यौनिकता शिक्षामा राज्य उदासिन रहेको अभियन्ताहरुको बुझाइ छ ।"
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने बताएका छन् । नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलमा उनले यस्तो बताएका हुन् ।
परराष्ट्र सम्बन्धको चर्चा गर्दा हामी नेपालीहरू भावनामा बग्न रुचाउँछौँ। संवेग भन्दा पर जान सक्दैनौँ। गुजराल डक्ट्रीन एउटा यस्तै प्रसङ्ग हो । गुजराल डक्ट्रीन आज इतिहास भइसक्यो। भारतको परराष्ट्र नीतिको दुनियाँले यसलाई कहिले पनि पूर्ण रूपमा अगिंकार गरेन। तर हामीकहाँ अझै पनि त्यस प्रतिको नोस्टाल्जीया देख्न पाइन्छ। इन्दिरा गान्धीको सरकारमा मन्त्री रहेका इन्दर कुमार गुजराल आफ्नै प्रधानमन्त्रीद्वारा लगाइएको सङ्कटकालप्रति असन्तुष्ट रहे। सोही असन्तुष्टिको यथोचित व्यवस्थापन गर्न उनलाई १९७६मा राजदूतका रूपमा सोभियत संघका पठाइयो। कूटनीति र परराष्ट्र सम्बन्धको संसारलाई उनले मस्कोमा प्रत्यक्ष अनुभव गरे।"""
नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ । कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले यसका लागि सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दललगायत अन्य सबै दलसँग संवादको अग्रसरताका साथ सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभाको बैठक फेरि पनि अवरुद्ध भएको छ । नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । गत साउन १० गतेदेखि एमालेले जारी राखेको अवरोध अझै पनि नहटेको हो । एमालेले अवैध सुन प्रकरण छानबिनका लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै आइरहेको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै छानबिन गर्ने अड्डी कसिरहेको छ ।