रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अबको पाँच वर्षम पुराना भनिएका राजनीतिक दल र निर्वाचित जनप्रतिनिधि पुरानै ढंगबाट अघि बढे राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नु पर्ने बताएका छन् ।
विवादास्पद पृष्ठभूमि भएका व्यक्ति ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष नियुक्ति गरेपछि आलोचना शुरु भएको छ । दोहोरो नागरिकता, भारतीय रासनकार्ड राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पक्राउ परेका उनी चर्को आलोचना खेपिरहेका छन् ।
नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा बिभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रिय सदस्यहरुले माग गरेका छन् । केन्द्रिय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरि दोषि देखिए कारबाही गर्न माग गरेका हुन् ।
आफ्ना गीतहरुमार्फत संगीतमा नयाँ स्वाद पस्किन चाहने गायक एवम संचारकर्मी कृष्ण समिम सुवेदीले ‘ए भन्दे वतास’ बोलको गीत लिएर आएका छन् । आधुनिक, लोकआधुनिक, लोकपपलगायतका विधामा धेरै गीतहरु बजारमा ल्याइसकेका सुवेदीले पछिल्लो गीत र्यागी शैलीमा ल्याएका छन् ।"""
संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।
अहिले देश भ्रष्टाचारको दलदलमा छ । सरकारका हरेक निकाय भ्रष्टाचारले ग्रस्त छन् । राज्यका सबै निकायहरुमा विकृति, विसंगति र भ्रष्टाचार मौलाएको छ । सरकारले पछिल्लो समय नक्कली भुटानी शरणाार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणको फाइल खोलेको छ । कारबाही प्रक्रिया अगाडि बढाएको छ । यद्यपि सरकारले सत्ता टिकाइराख्न बेलाबेलामा स्टन्टबाजी गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।