रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा गत बुधबार बरामद भएको झण्डै एकसय किलो सुन प्रकरणमा हालसम्म १० जना वक्राउ परेका छन् । सो प्रकरणमा राजश्व अनुसन्धान विभागले अनुसन्धान तीब्र बनाएसँगै १० जना पक्राउ परेका हुन् ।
। नेपाली कांग्रेसका युवा नेता लाओस राईको ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ नामक पुस्तक लोकार्पण भएको छ । बिहीबार ललितपुरमा गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजित लोकार्पण समारोहमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला, गुरु घिमिरे, लालबाबु यादवलगायतका नेताहरुद्वारा लोकार्पण गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसँगिनी सीताको निधनपछि पहिलो पटक मंगलबार बालुवाटारमा आयोजित कार्यक्रम निकै सन्नाटपूर्ण देखिएको छ । प्रचण्ड भावुक देखिएका छन् । शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरूलाई पीडाबाट निस्कन मद्दत गरेको पनि उनले बताए ।
मिटरब्याज पीडितहरूले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्टी जनाएका छन् । मिटरब्याज तथा ठगी विरुद्धको किसान-मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।
मंगलबारदेखि शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पहिलो दिन दुई घण्टामात्रै बसेर बैठक भोलिसम्मका लागि स्थगित भएको छ । दिउँसो २ः११ बजे शुरु भएको बैठक अपरान्ह ४ः११ बजे सकिएको थियो । बैठक भोलिदेखि बिहान ११ बजेदेखि नै शुरु हुने सभापति शेरबहादुर देउवाले बताएका छन् ।
एक वर्ष भन्दा बढी समयपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्ने कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
असारभित्र चालू आवको बजेट खर्च गरिसक्नुपर्ने बाध्यता विद्यमान देखिएको छ । हरेक वर्ष आर्थिक वर्षको अन्तिम समयमा खर्च बढी हुने प्रवृत्ति यसपाली पनि देखिएको हो । असारमा बढी काम र खर्च हुनुलाई नकारात्मक टिप्पणी हुने गरेपनि नकरात्मक र सकरात्मक दुवै पक्ष छन् र केही बाध्यता पनि छन् । तर जे भएपनि अन्य महिनाको तुलनामा काम र खर्च बढी हुने पुरानै प्रवृत्ति यसपाली पनि देखिनु त्यति सुखद मानिएको छैन ।
नेकपा एमालेको २३ औँ सचिवालय बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता भएको बैठकले समसामयिक विषयमा ती प्रस्ताव पारित गरेको हो ।