रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्डजस्तो गम्भीर विषयमा सरकारले सबैको ध्यान अन्त मोड्न खोजेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोईरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन् । आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोईरालाले सत्तारुढ गठबन्धन भित्रैका दलहरुले बनाएको समाजवादी मोर्चा कसको लागि बनेको हो भनि प्रश्न गरे। उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे ।
क्यानडामा उच्च शिक्षाका लागि जाने तयारीमा रहेका र भिषा आइसकेका विद्यार्थीहरुको आत्मविश्वास बढाउने र थप जानकारी दिने उद्धेश्यले गोरेटो कन्सलट्यान्सीले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले भने,‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत आरोप हो ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बौल्दै नेता गौतमले भने–‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत कुरा हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ? सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कमचारीमात्रै उपस्थित् छन् । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताएका छन् । संगठनमा म मात्रै सर्वैसर्वा र अपरिहार्य व्यक्ति हुँ कहिले नभनेको स्मरण गर्दै बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा मन्त्री डा. महतले भने, ‘संगठनमा कोही पनि अपरिहार्य हुँदैन । कसैले आफूलाई अपरिहार्य ठान्छ भने त्यो लोकतान्त्रिक प्रकृयाविरुद्ध हुन जान्छ ।’
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका संचार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न परमादेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीले दिएको आदेशमा राउतलाई थुनामा नराख्दा प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्नेसम्मको अवस्था नरहेको भनिएको छ ।
अमेजन वेब सर्भिसेस ९एडब्लुएस० तथा बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनले अमेरिका तथा नेपालका सूचना प्रविधि विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा बोस्टनमा एक अन्तरक्रिया आयोजना गरेको छ। ‘नेपालको प्रविधि क्षेत्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ’ भन्ने विषयमा गत मंगलबार आयोजित छलफलमा नेपालको प्रविधि क्षेत्रको उत्थान साथै प्रविधि क्षेत्रमा नेपाली महिला तथा किशोरीहरुलाई सशक्तिकरण गर्न गरिरहेका कामहरुको बारेमा पनि जानकारी गराइएको थियो। गत १३ जुलाईमा न्यूयोर्कमा आयोजित कार्यक्रमको दोश्रो शृंखलाको रुपमा बोस्टनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।