रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालका प्रोफेसर डा.युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गरेका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत रहेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डले नैतिकताका अधारमा राजीनामा दिनुपर्ने बताए । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले गत हप्ता प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् ।
कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा पुगेको छ । कोशीका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो ।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरू पार्टी मुख्यालय सानेपा वीपीनगरमा भेला भएका छन् । उनीहरु कांग्रेसको विगतको समीक्षा र भविष्यको योजना बनाउन केन्द्रीत छन् । बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य १८ जना केन्द्रीय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
पेचिलो बनेको कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाले अन्तिम रुप पाएको छ । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापालाई नियुक्त गरिएको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंक (एडीबी) बाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।