रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
उपत्यकाको फोहोर फालिने क्षेत्र नुवाकोटको सिसडोल बन्चरेडाँडा क्षेत्रमा पर्ने ककनी गाउँपालिकाका अध्यक्ष फोहोर व्यवस्थित नगरिएको भन्दै आक्रोशित भएका छन् । प्रधानमन्त्रीको आदेश समेत नटेरी सहरी विकास मन्त्रालयले समस्या समाधानमा तदारुकता नदेखाएको भन्दै उनले फोहोर थुपारेर मान्छे मार्ने काम नगर्न चेतावनी दिएका छन् ।
सरकार गठन गरेको २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ । मंगलबार सभामुख देवराज घिमिरे सहित राजनीतिक दलका नेताहरुबीच संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलमा एमालेले सो अडान कायमै राखेको हो ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आब्हन गरेका छन् । खापुङले शुक्रबार गर्दै नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम आह्वान गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् ।
। नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेको कांग्रेसले नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो । तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ ।
नेकपा एमालेले अवैध सुन प्रकरणको छानबिन नगरेसम्म संसद चल्न नदिने भएको छ । एमालेले प्रतिनिधि सभा बैठकमा रोष्ट्रम घेराउ गर्दै संसद अवरुद्ध गरेको हो । उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने एमालेको अडानसँगै सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरी साउन १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । एमालेले सुन तस्करलाई तत्काल पक्राउ गर्न आग्रह गरेको छ ।
फिल्म समाजको मुहार देखाउने ऐना हो । कथाबस्तु, पात्र, परिवेश र अभिनयले फिल्मको गहिराइ मापन गर्छ । नेपालमा बन्ने गरेका फिल्मले परम्परा, मौलिकता र मानवीय जीवनको चित्र उतार्ने गरेका छन् । किनकी मौलिकता, सामाजिक परिवेश, पात्र, संवाद र दर्शकको मनोविज्ञानलाई बुझेर निर्माण गरिएका फिल्म सफल ठहरिने गरेका छन् । समाजको वास्तविकतालाई टपक्कै टिपेर उतारिएका कतिपय फिल्मले नेपाली सिने उद्योगमा चमत्कार गरिरहेका छन् । फिल्मको मेरुदण्ड मानिने स्क्रिप्ट र विषयबस्तुमा समेटिएका कतिपय सन्दर्भले नेपाली समाजको बदलिंदो रुपको प्रतिनिधित्व गरिरहेका छन् ।