रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।"
कलाकार पल शाह(पूर्णविक्रम)ले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । तर बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । जिल्ला अदातल, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको भए पनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरिएको हो ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे विभिन्न कार्यक्रममा सरिक भएका छन् । सोमबार विहान सैनिक मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरे ।""
सांसद एवम नेपाली कांग्रेसका प्रभावशाली मानिएका नेता अमरेशकुमार सिंहलाई कारवाही गर्दै सर्लाही क्षेत्र ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाअभियोग सिफारिस समितिमा ११ प्रश्नको जवाफ दिएका छन् । समितिले भदौ १६ गतेबाट राणामाथिको बयान सुरु गर्दा हालसम्म तीन बैठकमा ११ प्रश्नको जवाफ आएको हो ।
मंसिर ४ पछि पनि संसदको आयु कायम राख्ने अनैतिक काममा सहभागी हुन आफ्नो आत्माले नमान्ने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ। तर राष्ट्रपतिले विधेयक पारित भएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।