रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्शु नेपाल आइपुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समिति समक्ष बयान सकिएको छ । आइतबार उनलाई अदालतको भवन निर्माणको ठेक्का प्रक्रियामा संलग्नतालगायतका प्रश्न सोधेको छ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएकाले अब २० लाख कटाउने उनको दाबी छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन पदको किनबेचमा लागेको बताएका छन् । गठबन्धन सरकारका कारण देशको अवस्था भयावह रहेको उनले बताए ।
नेपाल प्रेस युनियनले प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरु संशोधन गरेर विधेयक पारित गर्न माग गरेको छ ।
नेपाल सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व.महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित भएको घोषणा गरे ।"