रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजनको दिशामा अघि बढेको छ । प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेसँगै संस्था फुटको अवस्थामा पुगेको हो । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्च अदालतले ढाल्ने काम गरेको आरोप लगाएका छन् । सर्वोच्च कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी पनि उनले गरे ।
स्थानीय तह निर्वाचनका लागि मतपत्रमा चुनाव चिन्ह हरियो मसीको छपाइ गर्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमाले आक्रोशित छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आफूविरुद्ध लागेको निष्कर्षमा पुगेको एमाले निर्वाचन आयोगप्रति पनि सशंकित बनेको हो ।
नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामांकन तीन दिन थप गरिएको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयारी तीब्र बनाएको छ । वैशाख ३० गते हुने निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह हुने पनि जानकारी दिएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोगले जनाएको हो ।
अर्थमन्त्री जनार्दन शर्मा उत्पादनमुखी अर्थतन्त्रको पक्षमा छन् । कोरोना महामारीले थिलथिलो भएको अर्थतन्त्रलाई उकास्न र अर्थतन्त्र चलयामान राख्न आफू कटिबद्ध रहेको बताउँदै आएका शर्मा यतिबेला अर्थतन्त्रमा समस्या नभएको साथै चलायमान रहेको दाबी गर्छन् । यसअघि गृह र ऊर्जा मन्त्रालय सम्हालिसकेका शर्मा पार्टीभित्र पनि प्रभावशाली मानिन्छन् ।