रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम अर्बपति शेष घलेले नेपालमा नौलो क्षेत्रमा लगानीको तयारी गरिरहेका छन् । उनको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको हो । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा लगानीका लागि तयारी गरेको हो।
नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।
नेपालमा डेंगु संक्रमणका बिरामीको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । गत साउन यताबाट डेंगु संक्रमितको संख्या बढेको हो ।
‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको दुखेसो पोखेका छन् । शुक्रबार बिहान राजधानीको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विद्रोह गर्ने बेला आएको बताएका हुन् ।
नेपालमा प्रथम राष्ट्रपति डा.रामवरण यादबले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका छन् ।
नेपालमा डेंगीका नयाँ बिरामी थपिनेक्रम बढ्दो छ । अस्पतालहरुमा विरामीहरुको चाप थामिनसक्नु छ । पछिल्लो चौबीस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन् ।
सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।