रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कुल मतदाता संख्या सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने जनाएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान १७४ पेजमा तयार भएको छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो ।
नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ । विशेषगरी समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)का कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चाँडो भन्दा चाँडो नागरिकता विधेयक प्रमाणीकरण गरेर १८ बर्षदेखि नागरिकताको प्रतिक्षारहेका गैरआवसीय नेपालीहरुको सपना पूरा गरिदिन आग्रह गरेका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले बयान सकेको छ । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।
सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिव ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँड मिल्न नसकिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एमालेले गठबन्धन गर्न लागेको चर्चाकाबीच पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लोसपातर्फ इंगित गर्दै तालमेल हुन सक्ने संकेत गरे ।