रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम पेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद भवन नयाँ बानेश्वरमा संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम सार्बजनिक भएको हो ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले सरकारविरुद्ध दायर गरेको सबै रिट खारेज भएको छ । वर्ल्डलिङ्कले कर तिर्नुपर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न मितिमा विभिन्न ८ वटा मुद्दा दायर गरेको थियो ।
नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल सुरु गरेको छ । नवलपरासीको रामग्राम–६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रुपमा उदघाटन भएसँगै नेपालमा हुन्डाइ कारको विधिवत रुपमा उत्पादन शुरु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महत्वपूर्ण सांस्कृतिक अनुहार हुन – प्रेमनाथ अधिकारी । उनका राजनीतिक प्रेरणा पुरुष थिए –बालकृष्ण बुढाथोकी । बुढाथोकीले नै उनलाई २०३७ साल भदौमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको कोषाध्यक्ष बनाएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘प्रेमनाथ, अब तिमीले साईंली र माइलीको गीतगाउन पाउने छैनौं ।’"
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुर्व्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको छ । पत्रकार सम्बद्ध संघ संस्थाले चौधरीमाथि भएको घट्नाको विरोध गरेका हुन् ।
कर बक्यौता विवादले अवरुद्ध इन्टरनेट सेवाको अवरोध हटेको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै नेपालमा अवरुद्ध इन्टरनेट चल्न थालेको हो । बिहीबार अपरान्ह ४ बजेपछि एकाएक इन्टरनेट सेवा अवरुद्ध भएको थियो । वर्ल्ड लिंक, सुबिसु, भायानेट सहितका इन्टरनेट सेवा प्रदायकहरूले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास भएको जनाएका थिए ।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङ विजय भएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलाम पुगे । मंगलबार मत परिणाम सार्वजनिक भएपछि एमालेले विजयी सभा गरेको छ । सो सभामा पुगेका ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् ।""
बालकविरुद्ध हुने यौन हिंसाका लागि नेपालका आठ संस्थाले सामूहिक अभियान शुरु गरेका छन् । प्रत्येक बर्षको अप्रिल १६ तारिखका दिन मनाइने विश्व नीलो छाता दिवस २०२४ का अवसरमा एक कार्यक्रमको आयोजना गरी बालकहरुमाथि हुने सबैखाले हिंसा विरुद्ध एकजुट हुने प्रतिवद्धता जनाएका हुन् ।"