रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न आग्रह गरेकी छिन् ।
विश्वमै दुर्लभ मानिएको रेडपाण्डा(हाब्रे)को संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले मण्डला रंगमन्चका कलाकारहरुको अभिनयमा निर्माण भएको जनचेतनामूलक सन्देश(पीएसए)मंगलबार प्रदर्शन गरिएको छ । रेडपाण्डा संरक्षण दूत कलाकार दयाहाङ राईको नेतृत्वमा निर्माण भएको सन्देशमुलक भिडियोमा कलाकारहरुले रेडपाण्डाको वास्तविक चित्रण गरेका छन् ।
नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसद्लाई ब्यारेक बनाइएको आरोप लगाएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसद्लाई ब्यारेक बनाइएको आरोप लगाएको हो ।
नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ । मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाटै पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन् । उपप्रधानमन्त्री लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला उनले सो स्पष्टिकरण दिएका हुन् ।
। काठमाडौँ महानगरपालिकामा प्रतिदिन जम्मा हुने फोहोरमैला थन्क्याउने स्थानका रुपमा चर्चित हुँदै आएको बञ्चरेडाँडाको खोचबाट बग्ने कोल्पुखोलाको पानी मानिस र जनावरले पिउन मात्रै होइन, सिँचाइको लागि समेत अयोग्य भएको ठहर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को अनुसन्धानले देखाएको छ । नास्टले काठमाडौं महानगर पालिकाका लागि गरेको अध्ययनबाट यो तथ्य उदघाटित भएको हो ।
नेपाली कांंग्रेसकी केन्द्रीय सदस्य डा.डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन असम्भव रहेकाले यो कर्मकाण्डीमा सिमित हुने दावी गरेकी छिन् ।"