रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।"
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अडकलबाजी सुरू भइसकेको थियो। कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट संचालन गरिरहेको आरोप लगाउने गरेका थिए। केही हदसम्म त्यो सत्यपनि थियो।
यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ । विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकंलन गरिएको इलाम–२ मा यसपाली कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ । चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीति २९ महिना निकै कष्टकर रहेको बताएका छन् । शनिबार गोदावरीमा नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूर्ण र कष्टकर रहेको बताएका हुन् ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दाबी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत भएको छ। नेपालमा सबैखाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको दाबी सरकारले प्रस्तुत गरेको हो।"
अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । वासिङटन डीसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्नेक्रममा गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको बताएका छन् ।
कोशी प्रदेश सरकार पुनः ढल्ने अवस्थामा पुगेको छ। मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिएमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने प्रस्ताव प्रदेशसभाबाट पारित भएसँगै सरकार ढाल्ने खेल अघि बढेको छ।