रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लगाइएको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान यथावत् राखेको छ । सभामुख देवराज घिमिरेले चैत्र २७ गतेबाट शुरु हुने संसद बैठकलाई सुचारु गराउन सोमबार राखेको प्रमुख चार दलको बैठकमा कांग्रेसले सो अडान राखेको हो ।
नेकपा एमालेका नेता, पूर्वमन्त्री महेश बस्नेत पछिल्लो समय धादिङ एक महिलासँग सम्बन्धमा रहेको चर्चा सामाजिक सञ्जालमा व्याप्त थियो। एमालेमै क्रियाशील महिला र महेशबीच जोडिएका तस्बिरहरू सार्वजनिक भएका थिए। त्यस्तै केही महिना अघि महेश र ती महिलाबीच श्रीमान्–श्रीमतीजस्तो देखिने गरी बनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध एक महिलाले काठमाडौँ प्रहरीमा उजुरी दर्ता गराएकी छिन्। ती महिलाले हुलाकमार्फत फौजदारी कसुरको जाहेरी दर्ता गराएकी हुन्। प्रहरीले मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता भएको जनाएको छ।"
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको माहोल तातेको छ । नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएसँगै चुनावी गर्मी बढेको हो । आधिकारिक उम्मेदवार बनेसँगै डम्बर खड्काले चुनावी रणनीति बनाएर अभियान सुरु गरेका छन् । खड्काले अघिल्लो पटक भन्दा यसपालि चुनाव जित्न सहज भएको दाबी गरेका छन् ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका परिवारका सदस्यहरूले जीवन रक्षाका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आग्रह गरेका छन्।"
हालै समानान्तर गतिविधि गर्दै आएका दुई गैरआवासीय नेपाली संघ (एनआरएनए)अवैध ठहरिएका छन् । बुधबार न्यायाधीश सपना प्रधान मल्ल प्रधान र नहुकल सुवेदीको इजलासले डा.बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य भनेको छ ।
नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठकले १० बुँदे सुनसरी घोषणा पत्र जारी गरेको छ । चैत्र १६ र १७ गते सुनसरीमा बसेको पूर्ण बैठकले सदस्यता टुंगो नलगाइ नेपाल पत्रकार महासंघको महाधिवेशन मिति घोषणा गरिएकोप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।"
आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी घोषणा गरेको छ । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो ।"