रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री नपाएको झ्वाँक पोखेका छन् । नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको बताएका छन् । उनले जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।
नेपाल लगानी बोर्डले आयोजना विकास सम्झौता (पीडीए)गर्न तयारी अवस्थामा राखेका तीनवटा र आयोजना लगानी सम्झौता (पीआईए)गर्न योग्य सूचीमा राखेका चार वटै परियोजनाको सम्झौता रोकिएको छ । तेस्रो लगानी सम्मेलन अन्तर्गत प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी)अन्तर्गत हुन लागेका तीन वटा र निजी क्षेत्रबाट प्रस्तावित आयोजनासमेत अन्तिम समयमा रोकिएको हो ।"
गत (२०८०) कात्तिक २१ र २२ गते रौतहट जिल्ला अदालतमा न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा राजपुर फरदहवा बमकाण्डको मुद्दामा बहस चलिरहेको थियो । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलम मुख्य अभियुक्त रहेको यो मुद्दा त्यतिञ्जेल १८ पटक पेसीमा चढेर पनि सुनुवाइको मौका पाएको थिएन ।
इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।"
नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले सनसनीपूर्ण जित हासिल गरेको छ । घरेलु कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन् ।
सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्दैछ । काठमाडौँको ताहाचलस्थित सोल्टी होटलमा उक्त सम्मेलनको आयोजना हुँदैछ । यस पटकको सम्मेलनमा १० वटा सत्र, ५० भन्दा बढी वक्ता र एक हजार जनाभन्दा धेरै सम्भावित लगानीकर्ताको सहभागिता रहने सम्मेलनको सचिवालय संस्था लगानी बोर्डले जनाएको छ ।
कतारका राजा शेख तमिम बिन हमद अल थानीले दुई दिने नेपालको राजकीय भ्रमण सम्पन्न गरी फर्केका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।