काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ
- रुपान्तरण
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले केही क्षेत्रमा कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।