पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवालाई पनि बोलाइएको थियो ।"
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
जेलमा कैद भुक्तानरत निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड)निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले थप तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । यसअघि उनले १० नेतालाई मनोनित गरिसकेका छन् । मनोनित गर्न पाउने ३३ मध्ये १३ जना मनोनित भइसकेका छन् । अब २० जना बाँकी छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली घोषणा गरेका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो केन्द्रीय निर्वाचन समितिले मतदाता सूची सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया शुरु भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले पार्टीका नेता रामचन्द्र पौडेल, विजय गच्छदारसहित १० जनालाई मनोनित गरेका हुन् ।