रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
लिम्बु भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पुर्वगृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बु फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था बनेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।
सडकदेखि सदनसम्म उग्रप्रदर्शनकाबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबुल भएको छ । आइतबार टेबुल भएसँगै प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित पनि गरिएको छ ।"
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा संयमित हुन राजनीतिक दललाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे ।"
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।