रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि केहि दिन फरार रहेका शाह आइतबार प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका हुन् ।
अन्ततः अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)पारित हुने प्रक्रियामा अघि बढेको छ । मन्त्रिपरिषद्को बैठकले एमसीसीको व्याख्यात्मक घोषणा पारित गरेसँगै पारित हुने संकेत देखिएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान गरी दशौं महाधिवेशन तथा निर्वाचन गराउन उच्चस्तरीय समितिले प्रयास गरिरहेका बेला संघको संस्थापन पक्षले निर्वाचनका लागि भन्दै मतदाता नामावली प्रकाशन गरे पछि विवाद झन् चर्किएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको छलफल निष्कर्षविहीन बनेको छ । शनिबार बालकोटमा भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा नेताहरू आ–आफ्नै अडानमा कायम भएपछि निष्कर्षविहीन बनेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई तोडेर भए पनि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने तयारी अगाडी बढाएका छन् । विशेषगरी नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमसीसी पास गराउन सहयोग गर्ने बचन दिए पनि पछिल्लो समय उनीहरुले बोली फेरेपछि देउवा नयाँ रणनीतिमा अघि बढेका हुन् ।
नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएकोछ । अर्थ मन्त्रालयमा शुक्रबारसरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउन दलहरुबीच निरन्तर छलफल जुटेका छन् । उक्त सम्झौताबारे सदनमा सैद्धान्तिक छलफलको कार्यसूची रहेपनि सहमति नजुटेपछि नेताहरुको दौडधुप बाक्लिएको छ ।
हामी पढ्छौ : नेपाली कांग्रेसी देशमा राणाशासन, पन्चायत र राजतन्त्रको विरोधमा एक प्रकारको आँधी ल्यायो, चेतना ल्यायो र काँग्रेसकै नेतृत्वमा देशको आमूल परिवर्तनको प्रारम्भ भयो । यसर्थ पनि काँग्रेसजनहरु गर्व गर्छन् : २००७ सालमा जनक्रान्तिको जग निर्माण गरेको पार्टीले अहिले पनि संघीय लोकतान्त्रिक नेपालको नेतृत्व गरिरहेको छ ।