रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
रूस र युक्रेनबीचको तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो । अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गराउने विषयले शीर्ष राजनीतिक दलहरुमा खटपट चलिरहेको छ । प्रमुख प्रतिपक्षी दल एमाले, सत्तारुढ दल माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)भित्र एमसीसीको पक्ष–विपक्षमा नेताहरुले अभिव्यक्ति दिइरहेका छन् । सत्तारुढ पाँच दलबीच तिक्तताको अवस्था सिर्जना भएको छ । गठबन्धन टुट्ने र नयाँ समीकरण निर्माण हुने आधारहरु पनि देखिन थालेका छन् ।
रेष्टुरेण्ट तथा बार एशोसिएसन (रेबान)को ३१ ओैँ वार्षिक साधारण सभाबाट अध्यक्षमा अरनिको राजभण्डारी पुनः चयन भएका छन् ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० बैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।
आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । युएईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रनमै समेटिएपछि ६८ रनले पराजित भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सोमबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
ओमानमा जारी टी–२० विश्वकप छनोट क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले क्यानाडालाई ८ विकेटले पराजित गर्दै सतप्रतिशत नतिजासहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।