रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीले संचालन गर्दै आएको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।
काठमाडौँमा टीका लगाउनको लागि मान्यजनकोमा जाने मैजारो चलिरहेको छ । विजया दशमीदेखि ठूलावडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ ।"
नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी यस वर्ष नयाँ नोट नछाप्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ । यो झन्डै २५ अर्बले कम हो ।"
सोमबार विश्वभर आवास(बसोबास)दिवस मनाहँदा नेपालमा बाढीका कारण भएको धनजनको क्षतिको बहस चलिरहेको छ । सरकारले यस वर्ष नेपालमा ‘कर्मशील युवा स् समुन्नत सहर’ नाराका साथ विश्व बसोवास दिवस २०८१ मनाइरहेको छ ।तर काठमाडौं उपत्यकालगायत देशका १४ जिल्लाको अवस्थाले आवास दिवसलाई गिज्याइरहेको छ । बाढी र पहिरोले धेरै मानिसहरुको उठिबास भएको छ ।
बडादशैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
२०८१ असोज १९ गते बेलकोटगढीमा झिल्टुङ नेपाल समाजको साधारण सभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार किशोर नेपालले नेपालमा संघीयताको परिकल्पना गर्दा केन्द्रले पालिकाहरुलाई आफ्नो कब्जामा लिने रणनीति संविधानमै राखेकोमा असन्तुष्टि जनाउनुभयो ।
अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै रु तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न रु २० देखि रु २५ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ ।