रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित काठमाडाैँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगाेल कार्यक्रम सम्पन्र भएपछि मात्र उपस्थित हुनुभएकाे थियाे । आफू नआउदैँ कार्यक्रम सम्पन्र गरेकाेमा आयाेजकहरू प्रति उपप्रमुख डंगाेल आक्रोशित हुनुभएकाे थियाे ।
नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग–२ को सिरिज खेल्ने छ ।"
पछिल्ला दिनका मानवीय गतिविधि र जलवायु परिवर्तनको असरबारे गहन अध्ययन भइरहेको छ । जलवायु परिवर्तनको असरले नेपालजस्ता अल्पविकसित मुलकमा हानि–नोक्सानीको तह वृद्धि हुँदै गइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीले संचालन गर्दै आएको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।
काठमाडौँमा टीका लगाउनको लागि मान्यजनकोमा जाने मैजारो चलिरहेको छ । विजया दशमीदेखि ठूलावडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ ।"
नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी यस वर्ष नयाँ नोट नछाप्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ । यो झन्डै २५ अर्बले कम हो ।"
सोमबार विश्वभर आवास(बसोबास)दिवस मनाहँदा नेपालमा बाढीका कारण भएको धनजनको क्षतिको बहस चलिरहेको छ । सरकारले यस वर्ष नेपालमा ‘कर्मशील युवा स् समुन्नत सहर’ नाराका साथ विश्व बसोवास दिवस २०८१ मनाइरहेको छ ।तर काठमाडौं उपत्यकालगायत देशका १४ जिल्लाको अवस्थाले आवास दिवसलाई गिज्याइरहेको छ । बाढी र पहिरोले धेरै मानिसहरुको उठिबास भएको छ ।
बडादशैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।