रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा सास्ट्रीयसभा सदस्य डा। बेदुराम भुसालले आगामी वर्षलाई संविधानमाथीको बहसको वर्ष बनाइनु पर्ने बताएका छन। बुधवार महिला नेतृत्व विकास राष्टीय प्रतिष्ठानले काठमाडौमा आयोजना गरेको ‘संबिधान प्रदत्त महिला अधिकार कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उनले संविधानका बिषयमा बिभिन्न क्षेत्रबाट बहस भइरहेको र संबिधान बनेको नौ वर्ष पूरा भएर दश वर्ष लागेको भन्दै दशौं वर्षलाई संविधान माथिको बहसको वर्ष बनाइनु पर्ने बताए।
सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि यो चर्चामा छ । यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा धेरैलाई चासो छ । कार्यान्वयनका लागि निकै लामो प्रक्रिया पार गर्नुपर्ने देखिन्छ । प्रधानमन्त्री कार्यालयमा पुगेपछि प्रतिवेदनले औंल्याएका निकायहरूमा कार्यान्वयनका लागि जानेछ । प्रतिवेदनमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, राष्ट्र बैंक, स्थानीय तह, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतलाई सुझाव दिएको छ । सोहीबमोजिम कार्यान्यनका लागि प्रधानमन्त्री कार्यालयले पठाउने बताइएको छ ।
तराई केन्द्रित दलहरू बारम्बार जुट्ने र फुट्ने गरेका छन्। राजेन्द्र महतो पनि विभिन्न दलको नेतृत्व तहमा रहेर त्यस्तो चक्कर लगाइरहेका नेतामा पर्छन्। गत प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि मूलधारको राजनीतिमा भूमिकाविहीन देखिएका महतो केही न केही गर्न रुचाउने नेतामा पर्छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोबिच विवाद चर्किएपछि विस्तारै फरक धारमा अघि बढेका उनी अब नया दलका रुपमा पुनः सक्रिय राजनीतिमा आएका छन् ।
राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा भदौ २८ र २९ गते काठमाडौंमा भएको नेपाल युथ समिटले सात बुँदे घोषणा पत्र जारी गरेको छ । समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरू प्यानलिस्टका रूपमा सहभागी हुनुका साथै देशभरका पाँचसय भन्दा बढि युवाले सहभागिता जनाए ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर २ पाखलतीस्थित स्वास्थ्य चौकीमा स्थानीय दुई सय महिलाहरुको पाठेघर जाँच तथा परामर्श साथै सर्जिकल क्यान्सर सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ । समाजसेवी दिपमणि राजभण्डारीको पहलमा रोटरी क्लब अफ ओकल्याण्ड र रोटरी क्लब अफ बयरा अमेरिकाको सहयोगमा स्वास्थ्य जाँच गरिएको हो ।
स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा हुन लागेको नेपाल युथ समिट (युवा सम्मेलन)को तयारी अन्तिम चरणमा पुगेको छ । प्रमुख वक्ताहरुको सूची लगभग अन्तिम चरणमा रहेको आयोजकको भनाइ छ ।
काठमाडौं। उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषय फेरि पेचिलो बनेको छ । सत्ता साझेदार दलहरु उनलाई हटाउनेगरी तयारी गरिरहेका छन् । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने विषयमा निकैबेर छलफल भएको थियो ।"
बागमती प्रदेश सरकारले करको ‘दर र दायर’लाई फराकिलो बनाउन अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारको आन्तरिक आय असाध्यै कमजोर भएकोभन्दै राजस्व संकलन वृद्धि गर्न दर र दायरा फराकिलो बनाउने अभियान सञ्चालन गर्न लागेको हुन् ।