रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
आगामी माघ ८ गते अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ । राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागि मात्र नभइ संसारभर चासोको विषय बनेको छ । राम मन्दिर निर्माण तथा प्राण प्रतिष्ठाको लागि भारतका ठूला उद्योगी व्यापारी घरानादेखि बलिउडका ठूला कलाकारहरुले स्वेच्छाले करोडौँ चन्दा दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुने गरी राजनीतिक दलहरूले छिटोभन्दा छिटो आवश्यक कानुनहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष कुल आचार्यले पद र स्वार्थका कारण तीन दिशामा फर्किएको संघलाई दुरुपयोग हुन नदिन सबै पक्षले आपसी सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।
आर्थिक वर्ष २०८०–८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।
पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
इलाममा बसेर साहित्य सिर्जनामा सक्रिय विमल बैद्यको कवितासंग्रह ‘युगको तटमा उभिएर’ शनिबार काठमाडौंमा एक समारोहबिच लोकार्पण गरिएको छ ।"
शुक्रबार ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देश एवम विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रम गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी छिनोफानो गरेसँगै राजनीतिक दलका नेताहरु उप निर्वाचनबारे छलफलमा केन्द्रित हुन थालेका छन् ।