रेशमलाई जन्मकैदको फैसलापछि नागरिक उन्मुक्ति पार्टी आन्दोलनमा
- रुपान्तरण
सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध पाँच दिने नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टीका संस्थापक रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलीपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।